टाढा बाट सबै चीज नजिकै छ जस्तो लाग्छ । जब त्यो चिजलाई भेट्ने आशा मनमा राख्दै नजिक पुग्ने कोसिस गरिन्छ अनि थाहा हुन्छ कति टाढा रैछ भन्ने कुरा ।
जस्तो
टाढाबाट कुनै सुन्दर डाँडा या सेतो हिमाललाई हेर्दा नजिकै छ जस्तो लाग्छ र त्यो डाँडा या हिमाल नजिकै गएर त्यसको सुन्दरतासँग आफ्नो मनलाई गहिरोसँग डुबाउन मन लाग्छ र यात्रा सुरु गर्छौ तर जति नजिक गयो गयो त्यति नै टाढा लाग्छ ।
धेरै वर्षदेखि पढिरहेको विद्यार्थीलाई लाग्छ पढाई सकेर जागिर खान्छु । जब जागिर खोज्न भनेर बजारमा जान्छ तब थाहा हुन्छ जागिर खान कति गार्हो हुन्छ भनेर ,कति हन्डर खानुपर्छ, कति सोर्सफोर्सको कुरा आउँछन् ।
वास्तवमा कुनै कुरा प्राप्त गर्न स्वयं संलग्न भयो भने थाहा हुन्छ कि कति टाढा ,नजिक ,सजिलो र गार्हो हुन्छ भनेर । अरूले सफलता पाएको देख्दा सजिलो होला जस्तो लाग्छ तर आफूले त्यो अनुभव नलिई खास कुरो थाहा हुँदैन ।
त्यस्तै
धेरै गैरदलित साथीहरूलाई लाग्छ छुवाछुत आफैं हट्छ र हटाउन सकिन्छ तर कति गार्हो छ र कस्तो जटिल काम हो त्यो दलित वर्गलाई मात्र थाहा छ । गैरदलित साथीहरूलाई किन थाहा छैन भने तपाईंहरूले भोग्नु भाको नैं छैन । तपाईंहरु एकचोटि दलित भित्र पर्ने एउटा थरलाई आफ्नो नामको पछाडि जोडेर १ महिना मात्र अपरिचित ठाउँमा गएर बस्नुस् अनि थाहा हुन्छ दलितले कस्तो समेत भोगिरहेका छन्।
No comments:
Post a Comment