Sunday, July 4, 2021

यो धर्म मेरो पनि हैन र?

 म पनि मानव हैन र ?

यदि हो भने मलाई पनि मानव सरह किन व्यवहार गरिँदैन ?

याे देश मेरो पनि हैन र ?

यदि हो भने मलाई पनि यो देशको नागरिक सरह किन व्यवहार गरिँदैन?

यो हिन्दू धर्म मेरो पनि हैन र?

यदि हो भने मलाई पनि हिन्दू धर्मावलम्बी सरह व्यवहार गरिँदैन?

मलाई मानव भएको भान गराउ

मलाई नेपाली भएको भान गराउ

मलाई हिन्दू भएको भान गराउ


त्यसपछि मात्र भन आफूलाई मानव

त्यसपछि मात्र भन आफूलाई नेपाली

त्यसपछि मात्र भन आफूलाई हिन्दू


Friday, July 2, 2021

हाम्रो जिन्दगी तपाई पनि चाख्नुस ।

 

टाढा बाट सबै चीज नजिकै छ जस्तो लाग्छ । जब त्यो चिजलाई भेट्ने आशा मनमा राख्दै नजिक पुग्ने कोसिस गरिन्छ अनि थाहा हुन्छ कति टाढा रैछ भन्ने कुरा ।
जस्तो
टाढाबाट कुनै सुन्दर डाँडा या सेतो हिमाललाई हेर्दा नजिकै छ जस्तो लाग्छ र त्यो डाँडा या हिमाल नजिकै गएर त्यसको सुन्दरतासँग आफ्नो मनलाई गहिरोसँग डुबाउन मन लाग्छ र यात्रा सुरु गर्छौ तर जति नजिक गयो गयो त्यति नै टाढा लाग्छ ।
धेरै वर्षदेखि पढिरहेको विद्यार्थीलाई लाग्छ पढाई सकेर   जागिर खान्छु । जब जागिर खोज्न भनेर बजारमा जान्छ तब थाहा हुन्छ जागिर खान कति गार्हो हुन्छ भनेर ,कति हन्डर खानुपर्छ, कति सोर्सफोर्सको कुरा आउँछन् ।
वास्तवमा कुनै कुरा प्राप्त गर्न स्वयं संलग्न भयो भने थाहा हुन्छ कि कति टाढा ,नजिक ,सजिलो र गार्हो हुन्छ  भनेर । अरूले सफलता पाएको देख्दा सजिलो होला जस्तो लाग्छ तर आफूले त्यो अनुभव नलिई खास कुरो थाहा हुँदैन ।
त्यस्तै
धेरै गैरदलित साथीहरूलाई लाग्छ छुवाछुत आफैं हट्छ  र हटाउन सकिन्छ तर कति गार्हो छ र कस्तो जटिल काम हो त्यो दलित वर्गलाई मात्र थाहा छ । गैरदलित साथीहरूलाई किन थाहा छैन भने तपाईंहरूले भोग्नु भाको नैं छैन । तपाईंहरु एकचोटि दलित भित्र पर्ने एउटा थरलाई आफ्नो नामको पछाडि जोडेर १ महिना मात्र अपरिचित ठाउँमा गएर बस्नुस् अनि थाहा हुन्छ दलितले कस्तो समेत भोगिरहेका छन्।